AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एसईई परीक्षा आजदेखि शुरु, मोरङबाट १८ हजार ४ सय ९६ विद्यार्थी सहभागी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०७९, शुक्रबार १४:३४
369
Shares
विराटनगर / माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि शुरु भएको छ ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भयो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पुरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन एसईई परीक्षा भएको हो । देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट परिक्षा भएको छ । जसमा ११ हजार ६ सय १५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९ सय १४ र छात्रा २ लाख ५७ हजार ५३ जना गरी कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी भएका छन् ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी र प्राविधिक धारतर्फका २ सय ९९ विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसइईमा सहभागी भएका छन् ।

परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी भएका छन् । एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।

यस्तै मोरङमा सामुदायिक तथा संस्थागत गरी जम्मा ३ सय ८८ विद्यालयबाट १८ हजार ४ सय ९६ परीक्षार्र्थी एसईईमा सहभागी भएका छन् । जसमा नियमित साधारणतर्फ १७ हजार ८ सय ५१ जना र प्राविधिकतर्फ ५ सय ६० छन भने ग्रेडवृद्धि गर्ने ८५ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतमले बताए ।

एसईई परीक्षालाई मर्यादित र सुव्यवस्थित गर्न मोरङमा ७१ वटा परीक्षाकेन्द्र तोकिएका छन् । जसमा दुईवटा परीक्षाकेन्द्र प्राविधिकतर्फ रहेको र ६९ परीक्षा केन्द्र साधारणतर्फ छुट्याइएको छ ।

त्यसैगरी परीक्षा केन्द्राध्यक्ष ७१ जना, सहायक केन्द्राध्यक्ष १२२ जना, निरीक्षक ९२२ जना, निरीक्षक ९२२ जना, निरीक्षक सहायक कर्मचारी १८५ जना र कार्यालय सहयोगी ३७१ जना तोकिएको प्रमुख गौतमले जानकारी दिए । यस वर्षदेखि प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर