खबर पूर्वाञ्चल
विराटनगरस्थित जुट मिलको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा घरेलु टाली साइनो स्पोर्ट्स क्लब रानीलाई २–१. गोलले पराजित गर्दै गोलबजारले उपाधि जितेको हो ।
जितसँगै गोलबजारले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेको छ । उपबिजेता बनेको साइनोले नगद १ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।
खेल सुरू भएको ८ औं मिनेटमा गोलबजारका विदेशी खेलाडी विनु अलीले गोल गरि टिमललाई अग्रता दिलाए । उनले मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भयो । पहिलो गोल भएपछि दबावमा परेको सनाइनोका विदेशी खेलाडी फुफनाले १४ औं मिनेटमा गरेको प्रहार गोलबजारका किपर निश्चल श्रेष्ठले उत्कृष्ट बचाए । खेलको ३५ औं मिनेटमा गोलबजारका कुलदेव कार्कीले प्रहार गरेको फ्रिकिक साइनोका गोलकिपर एन्जल श्रेष्ठले बचाए । साइनकोका फुफनाले ३९ औं मिनेटमा करिब ३० यार्डबाट गरेको प्रहार जाली चुम्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफदेखि आक्रमक खेल पस्किएको गोलबजारले ४७ औं मिनेटमा विदेशी खेलाडी विनु अलीले निकालिदिएको क्रस पासलाई विदेशी खेलाडी यामुले गोल गरि टिमको जित सुनिश्चत गरे । ५१ औं मिनेटमा भुवन बस्नेतले डिबक्स भित्रबाट गरेको कडा प्रहार गोलबजारका किपर निश्चल मुक्ताङ्गले उत्कृष्ट बचाए ।
घरेलु दर्शकको साथ पाएको साविकको उपविजेता साइनोले थुपै गोल गर्ने अवसर खेर फाल्यो । ६३ औं मिनेटमा साइनोका फुफानोले निकादिएको पास भुवन बस्नेतले डिबक्सभित्रबाट गरेको हेड बाहिरयो । दुई गोल दबाबमा देखिएको साइनोले ६७ र ७० औंं मिनेटमा गोल गर्ने अवसर गुमायो । बक्सभित्र निशान लिम्बुले वान भर्सेस वानको प्रहार फितलो रहदा गोल गर्ने अवसरबाट चुके ।
फाइनल खेलको प्लेयर अफ म्याच उपविजेताका फोपोनो भए । त्यसैगरी उत्कृष्ट खेलाडी गोलबजारका कुलदीप कार्की, हाईस्कोरर गोलबजारका अलमान भए । उनले प्रतियोगितामा तिन गोल गरेका थिए ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो । विजेता हुने खेलाडीहरूलाई कार्यक्रममको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, ट्रष्टका अध्यक्ष किशोर शाही, संयोजक किशोर सुब्बालगायतकाले पुरस्कार वितरण गरेका थिए ।
खेलाडीको जुत्ता सिलाउँने चन्देश्वर सम्मानित
विराटनगरको रानीमा रहेर खेलाडीहरूको जुत्ता सिलाउदै आएका चन्देश्वर रामलाई सम्मान गरिएको छ । उनलाई नगद २५ हजार रुपैयाँसहित नगद पत्रले सम्मान गरेको थियो । सम्मानित भएका रामले सिलाएको जुत्ता लगाए थुप्रै राष्ट्रिय खेलाडी भएका छन् । सम्मानित भएका रामलाई विराटनगर महानगरपालिका प्रमुख पराजुलीले कदर पत्रले सम्मान गरेका थिए ।