AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई एकलाख एक हजार सहयोग घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ फाल्गुन २०७८, मंगलवार १७:१२
225
Shares
विर्तामोड / विर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनाल तथा बुध खनालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एकलाख एक हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

आज आफ्नो विवाहको ६० औं वर्षगाँठको समारोहमा खनाल दम्पत्तिले उक्त घोषणा गरेका हुन् ।

खनाल विर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुन् । ०१७ साल फागुन २४ गते बुध भट्टराईसंग वैवाहिक सम्वन्धमा जोडिएका खनालले ३२ वर्ष निजामति सेवामा रही अवकासपछि ०५३ सालमा गोमेन्द्र बहुमुखी महाविद्यालयको स्थापना गरेका थिए । उनका तीन छोरा दीपक अष्ट्रेलिया तथा रुपक र उत्तम विर्तामोडमा अलग अलग शिक्षण संस्थाका सञ्चालक छन् ।

खनालले विवाह उत्सवमा परोपकारी काम गरौं भन्ने भावनाले पत्रकारको दिगोे हितमा योगदान गर्न र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न सहयोग गर्न लागेकोे बताए ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर