AArya
RUMPUM
animated ellipse animated ellipse

काठमाण्डौको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७८, बुधबार १५:३१
288
Shares
काठमाण्डौ /काठमाण्डौको नयाँबानेश्वर क्षेत्रमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोधमा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो ।

प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्।

सरकारले एमसीसी संसदमा पेश गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका हुन्। यद्यपि सत्ता गठबन्धनभित्रै चरम असन्तुष्टि देखिएपछि सरकार आजै संसदमा एमसीसी टेबल गर्ने निर्णयबाट पछि हटेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको भेटवार्तामा आजको संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । भोलि दिउँसो सत्ता गठबन्धनका नेताहरुको बैठक बसेर एमसीसीबारे निर्णय गर्ने बताइएको छ ।

विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसीको विरोधमा आज नेपाल बन्दको घोषणा गर्नुका साथै प्रदर्शनसमेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर