AArya
RUMPUM
animated ellipse animated ellipse

फागुनको पहिलो साताभित्रै हिन्दु राष्ट्रको एजेन्डा बोकेर नयाँ पार्टी गठन गर्छु– नेता थापा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०७८, शुक्रबार १३:५७
891
Shares
विराटनगर / मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका पूर्व अध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको तयारीमा जुटेका छन् ।

नयाँ पार्टी गठनका बिषयमा सुझाव संकलनको अभियानमा लागेका नेता थापाले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुरा गर्दै सो कुरा बताएका हुन् । पार्टीको मुख्य एजेन्डा भनेको हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताएका छन् ।

आफुले नयाँ ढंगबाट अघि बढ्नुपर्ने अवस्था सृजना भएको भन्दै उनले फागुनको पहिलो साताभित्रै हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पार्टी गठन हुने समेत बताए ।

नेता थापाले आफूलाई बुद्धिजीवि तथा पार्टीका शुभचिन्तकह?ले नयाँ पार्टी गठन गरेर अगाडि बढ्न सुझाव दिएको बताए । ‘निरिह, लाचार र अपमान सहेर राप्रपामा बसिरहन सकिँन र अप्रिय निर्णय लिन पुगेँ, यसप्रति म क्षमाप्रार्थी छु, अब म निश्क्रिय भएर शन्यासमा जाने अनुमति मलाई छैन, म एउटा विचार बोकेर हिंडेको व्यक्ति हुँ, त्यसकारण राप्रपा विभाजन नगरीकन नयाँ पार्टी गठन गर्ने उद्देश्यले पार्टीबाट अलग भएको हुँ,’ थापाले भने ।

नेता थापाले नयाँ पार्टीको नाम, चुनाव चिन्ह र झण्डाको बारेमा टुंगोमा पुगिनसकेको पनि बताए । ‘अब मैले नयाँ ढंगबाट अघि बढ्नुपर्ने आवश्यकता छ । म पार्टीबाट अलग भएपनि साथीह?सँग परामर्शमा गएँ, हिंजो मात्रै शुभचिन्तकह?सँग छलफल गरेँ । उहाँह?ले नयाँ पार्टी गठन गरेर अघि जान मलाई जिम्मेवारी दिनुभएको छ । म यो जिम्मेवारीलाई पुरा गर्ने क्रममा मैले गृहकार्य सु? गरिसकेको छु ।

राजसंस्थालाई भने पार्टीको एजेण्डा बनाउने कि नबनाउने भन्ने विषयमा छलफल भइरहेको थापाले बताए । अहिले चर्चामा रहेको एमसीसीको सन्दर्भमा भने नेता थापाले एमसीसी आफैंमा आपत्तिजनक नभएको तर्क समेत गरे ।

नेता थापाले भने,‘एमसीसी आफैमा आपत्तिजनक हैन, तर यसका बिषयमा उठेको आशङ्का र प्रश्नह?को भने हल गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर