खबर पूर्वाञ्चल
मदन भण्डारी स्पोर्ट्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजना तथा नेपाल खेलकुद महासंघ महानगर कमिटीको संयोजनमा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष पोखरेलले एमालेले खेलकुद र युवाका सवाललाई कसरी हेर्छ र अरु पार्टीले कसरी हेर्छन् भन्ने बिषय सम्पूर्ण युवा खेलाडीले बुझ्नुपर्ने र बुझाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष पोखरेलले आवश्यकताका आधारमा सम्पूर्ण जनवर्गीय संगठनले जिम्मेवारी बहन गर्नुपर्ने भन्दै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा नेकपा एमालेका विचार र सिद्धान्तहरुलाई हरेक युवा र खेलाडिलाई समेत बुझाउन आवश्यक रहेको बताए ।
वर्तमान परिस्थितिमा खेल क्षेत्र तथा खेलाडीको अवस्था र आसन्न स्थानीय निकाय निर्वाचनको तयारीमा हाम्रो भूमिका विषयक अन्तरक्रियामा बोल्दै नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीका विज्ञ आयोगका सचिव विनोद राउतले पार्टीले खेलाडीलाई पनि चिन्नुपर्नेमा जोड दिए । खेलाडीले पनि नेता जन्माउन सक्ने भन्दै त्यसका लागि पार्टी र नेतृत्वले पनि खेलाडी चिन्नुपर्नेमा जोड दिए। उनले जिम्मेवारी दिँदा क्षमता भएका तथा ओझलमा पारेर निष्कृय बस्न बाध्य भएकाहरुलाई पहिचान गरेर जिम्मेवारी दिनुपर्नेमा बताए।
कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष रोहित कोइरालाले खेलकुद र खेलाडीको विकासका निम्ति एमालेले दिने प्राथमिकतालाई उच्च सम्मान गर्नुपर्ने बताए। उनले पछिल्लो समय भने खेलकुदका गतिविधि शुन्यको अवस्थामा आइपुगेको भन्दै कोरोना महामारीपछि सक्रिय हुन खोजेका गतिविधिलाई प्रदेश सरकारले अवरोध गरेको बताए । लामो समय नेतृत्वविहिन भएको खेलकुद क्षेत्रले नेतृत्व पाएपनि प्रदेश सरकारले छुट्याएको बजेट समेत रोकर खेलकुद क्षेत्रलाई निष्कृय बनाएको आरोप उनले लगाए। खेलकुदका गतिविधि चलायमान बनाउन तथा खेलाडि उत्पादनको कामलाई तिब्रता दिन सवै मिलेर प्रदेश सरकारलाई दवाव दिन आवश्यक रहेको समेत उनले बताए।
कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेशका कोषाध्यक्ष बलराम गिरि, यूवासंघ जिल्ला कमिटीका उपाध्यक्ष किशोर भट्टराई, खेलकुद महासंघ मोरङ अध्यक्ष सुरज श्रेष्ठ , यूवासंघ विराटनगर महानगर कमिटी अध्यक्ष किरण लामालगायतले बोलेका थिए।