खबर पूर्वाञ्चल

आठौं जिल्ला अधिवेशनको अवसरमा जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट उर्लाबारीका पत्रकार जगन्नाथ भट्टराईलाई पुरस्कृत गरिएको छ । भट्टराईलाई नगद १५ हजार ५ स सहित सम्मानित गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष विक्रम लुईटेल, रामचन्द्र अधिकारी, सल्लाहकार डिल्ली पोखरेललाई समेत सम्मान गरिएको थियो ।
जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई, प्रेस चौतारी नेपालका लेखा संयोजक विक्रम लुईटेल, नेकपा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की, सचिव रुपेश खतिवडा, पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल, प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य, प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।