खबर पूर्वाञ्चल
एकता क्लबको जितमा सञ्जय धिमाल र रोमन भुजेलले एक–एक गोल गरे । धिमालले पहिलो हाफको ८ औ मिनेटमा र भुजेलले ३५ औं मिनेटमा गोल गरेका हुन । विराट स्पोर्टस एकेडेमीको तर्फबाट नविन चौधरीले दोस्रो हाफको ३७ औं मिनेटमा १ गोल फर्काए । आजको खेलको म्यान अफ द म्याच एकता युवा क्लबका सञ्जय धिमाल घोषित हुदै नगद २ हजार रुपैया पाए ।
भोलीको तेस्रो क्वाटरफाइनल खेल पुर्वाञ्चल युनाइटेड फुटबल क्लब सुन्दरहरैचा र दुहबी स्पोर्टस एकेडेमीबिच हुने आयोजकले जनाएको छ ।