AArya
RUMPUM
animated ellipse animated ellipse

प्रविधिसँगै सीप र संस्कारसहितको शिक्षाआजको आवश्यक : अध्यक्ष पुरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ पुष २०७८, शनिबार १८:०६
180
Shares
विराटनगर / प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले अहिलेको आवश्यता प्रविधिसँगै सीप अमुलक र संस्कारसहितको व्यवहारिक शिक्षा आवश्यकता भएको बताएका छन् ।

प्याब्सनको ३१ औं स्थापना दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै अध्यक्ष पुरीले अहिलेको अवस्थामा प्रविधि बेगारको शिक्षाको कुनै अर्थ नभएकोले प्रविधिसँगै सीपमुलक शिक्षा आजको आवश्यकता भएको बताएका हुन् ।

अवको शिक्षा सीप, प्रविधि र संस्कारसहितको शिक्षा अभिलम्ब नगर्दै विकास गरेर अगाडी बढनु पर्ने उनले बताए । प्याब्सनको १५ औं राष्ट्रिय महाधिवेशनको दौरानमा रहेका पनि उनले जानकारी दिए । ‘पालिका र सम्पूर्ण जिल्लाको अधिवेशन सम्पन्न भएको छ,’ उनले भने, ‘अब प्रदेशको अधिवेशन सम्पन्न गर्ने दौडानमा रहेका छौं,’ अध्यक्ष पुरीले भने, ‘प्रदेशको पनि अधिवेशन सम्पन्न भएपछि आगमी माघ २८ र २९ गते राष्ट्रिय महाधिवेशन हुनेछ ।’ राष्ट्रिय

महाधिवेशनमा सिप, संस्कार र प्रविधिसहितको शिक्षा र दक्ष जनशक्ति आजको आवश्यकता भन्ने मुल एकेडेमी मुद्दालाई अगाडी बढाउने उनले बताए । ‘शिक्षामा केही रुपान्तरण गर्नुपर्छ भन्ने आत्मबोध हामीमा रहेको छ,’ उनले भने । यस अभियानमा सरकार, अभिभावक, नागरिक समाज, राजनैतिकदल, विद्यार्थी संगठन, सामाजिक संघसंस्थाले सहयोग गर्नुपर्ने उनले बताए ।

ढेड लाख शिक्षकहरु विद्यालयमा आवद्ध भएको जानकारी दिदै अध्यक्ष पुरीले ठूलो रोजगारीको अवसर निजी क्षेत्रले दिएको बताए । ‘लाखौ ंविद्यार्थी बाहिरनबाट आज निजी विद्यालयहरुले जोगाएका छौं । राष्ट्रिय आम्दानीलाई संरक्षण गरेका छौं,’ उनले भने, ‘पूजीको निर्माण गरेका गरेका छौं ।’ उनले निजी विद्यालयको योगदानको चर्चा गर्दै राष्ट्रलाई आवश्यक पर्ने दक्षजन शक्ति पनि उत्पादन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर