AArya
RUMPUM
animated ellipse animated ellipse

किताबी ज्ञानलाई व्यवहारमा उतार्दै हिमालयन दर्शनका विद्यार्थीले गरे ‘पुल पार्टी’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ भाद्र २०८२, शनिबार २०:१५
333
Shares
विराटनगर / ‘पढेर भन्दा परेर जानिन्छ’ भन्ने उक्तिलाई चरितार्थ गर्दै विराटनगरको हिमालयन दर्शन कलेजमा स्नातक तहमा होटल म्यानेजमेन्ट (बिएचएम) अध्ययनरत विद्यार्थीहरूले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेका छन् ।

पाठ्यक्रमको एक महत्त्वपूर्ण अंशको रूपमा रहेको ‘इभेन्ट म्यानेजमेन्ट’ विषय अन्तर्गत उनीहरूले शुक्रबार राती विराटनगरस्थित एक होटलमा एक भव्य ‘‘पुल पार्टी’ को सफल आयोजना गरेका छन् ।

यो कार्यक्रम मनोरञ्जनका लागि मात्र नभई उनीहरूको शैक्षिक पाठ्यक्रमको एक अनिवार्य हिस्सा थियो । यसले विद्यार्थीहरूलाई वास्तविक संसारमा कसरी कुनै कार्यक्रमको अवधारणा विकास गर्ने, योजना बनाउने, बजेट व्यवस्थापन गर्ने र सफलतापूर्वक सम्पन्न गर्ने भन्नेबारे व्यावहारिक अनुभव प्रदान गरेको छ ।

कलेज प्रमुख भरत सापकोटाका अनुसार, बिएचएम कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूले प्रत्येक वर्ष आफ्नो पढाइको हिस्साको रूपमा यस्ता कार्यक्रमहरू आयोजना गर्ने गरेका छन् । ‘हाम्रो उद्देश्य विद्यार्थीहरूलाई कक्षाकोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई वास्तविक कार्यक्षेत्रमा प्रयोग गर्न सक्षम बनाउनु हो,’ सापकोटाले भने, ‘यस्ता कार्यक्रमहरूले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै व्यावसायिक जीवनका लागि आवश्यक पर्ने सीपहरू जस्तै टिमवर्क, सञ्चार कौशल र समस्या समाधान गर्ने क्षमताको विकास गर्दछ ।’

‘‘पुल पार्टी’ आयोजनाको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूले नै लिएका थिए । कार्यक्रमको थिम छनोटदेखि लिएर अतिथिहरूको स्वागत, खानपानको व्यवस्था, संगीत, र सुरक्षा व्यवस्थापनसम्मका सबै पक्षहरू उनीहरूले नै कुशलतापूर्वक सम्हालेका थिए । यस क्रममा उनीहरूले बजेट निर्माण, प्रायोजक खोजी, र कार्यक्रमको प्रचार(प्रसार जस्ता महत्त्वपूर्ण व्यावसायिक पक्षहरूको पनि अनुभव बटुले ।

सहभागी विद्यार्थीले आफ्नो अनुभव सुनाउँदै भने, ‘किताबमा इभेन्ट म्यानेजमेन्टबारे पढ्नु र आफैँले एउटा कार्यक्रम आयोजना गर्नुमा धेरै फरक रहेछ । सुरुमा केही असहज भए पनि समूहमा काम गर्दा सबै कुरा सम्भव भयो ।’ यो अनुभवले भविष्यमा होटल तथा पर्यटन क्षेत्रमा करियर बनाउन ठूलो मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

हिमालयन दर्शन कलेज, त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एक प्रतिष्ठित शैक्षिक संस्था हो, जसले स्थापनाकालदेखि नै गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ । कलेजले बिएचएम जस्ता व्यावसायिक पाठ्यक्रमहरूमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक अभ्यासलाई विशेष जोड दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर