खबर पूर्वाञ्चल
उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका धेरै छात्र–छात्राहरुले राष्ट्रिय टोपी, कसैले भादगाउँले त कसैले पाल्पाली टोेपी लगाएका थिए । “हाम्रो नेपाली टोपी ः मेरो गौरव, मेरो पहिचान, मेरो शान ” भन्ने कुरालाई अवगत गराउँदै तीन चरणमा सम्पन्न गरिएको उक्त कार्यक्रममा शुरुमा स–साना नानीहरुको नृत्य त्यसपछि नाटक मञ्चन र अन्त्यमा ठूला विद्यार्थीहरुको नृत्य प्रदर्शन गरिएको थियो ।
नेपालमा ढाका टोपीको सुरुवातलाई अवगत गराउन ढाका टोपीको उत्पत्ति सँग सम्बन्धित सन्देशात्मक नाट्य मञ्चन कार्यक्रमको प्रमुख आकर्षण रहेको थियो । साथै, राष्ट्रिय टोपी तथा राष्ट्रिय पोशाकमा सझिएका विद्यार्थीहरुको विद्यालय परिसर भित्रै मार्चपास प्रदर्शन गरेका थिए । यस कार्यक्रमलाई झन उच्च महिमा बनाउन सम्पूर्ण शिक्षकहरुले समेत राष्ट्रिय टोपीका साथै राष्ट्रिय पोशाक लगाएर यस दिवशलाई थप रोचक बनाएका थिए ।
उक्त कार्यक्रम विद्यालय स्तरकै उत्कृष्ट भएको जनाउदै कार्यक्रमलाई छोटो समयमै राम्रो र सफल बनाउन सहयोग पु¥याउने प्रशिक्षक, सम्पूर्ण शिक्षक – शिक्षिका तथा विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल मणीराज भट्टराईले धन्यवाद ब्यक्त गरेका थिए ।