AArya
RUMPUM
animated ellipse animated ellipse

अन्तर विद्यालय स्तरीय फुटबल भोलीदेखि सुरू, पहिलो दिन दुई खेल हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ मंसिर २०७८, शुक्रबार १६:२५
675
Shares
विराटनगर / ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्ट २०७८ शनिबारदेखि सुरू हुने भएको छ ।

फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा मंसिर २५ देखि पुस ४ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो ।

आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलन गरि प्रतियोगितामा मोरङका १६ वटा टिमको सहभागिता हुने जानकारी गराएको छ । नकाउटको आधारमा हुने प्रतियोगिताहरूमा प्याब्सन मोरङमा आवद्ध भएका विद्यालयहरुले भाग लिने फार्क क्लब रानीका अध्यक्ष धनकुमार लामाले जानकारी दिए ।

प्रतियोगितामा विराटनगरको गोदावारी, एजेलिया, मोर्डन ऐरा, अर्पण, सिद्धार्थ, डनबक्सको, बिकेभिएम, सगरमाथा, डिपीएस, गौतमबुद्ध, एभरेष्टको सहभागि हुनेछ । यस्तै रंगेलीबाट सनरे, सुन्दरहरैचाबाट पूर्वाञ्चल एकाडेमी, बुढीगंगाबाट जेभियर्स र यूनिक स्कूलको सहभागि हुनेछ । यसैगरि ग्रामथान गाउँपालिकाबाट जनक मेमोरियल स्कूलसमेत गरि यो प्रतियोगितामा जम्मा १६ टिमको सहभागि जनाउनेछ ।

प्रतियोगिताको बिजेताले आकर्षक ट्रफि, मेडल र प्रमाणपत्रहरू प्राप्त गर्नेछन् । प्रतियोगिताको सह–आयोजकहरूमा रानी युवा क्लब, साइनो स्पोर्टिङ क्लब र मिल्स भेट्रान क्बल रहेको छ भने सहकार्य प्याब्सन विराटनगर रहनेछ । यस प्रतियोगिताको संरक्षक मिल्स गोल्ड कप फुटबल ट्रस्ट रहेको छ ।

प्रतियोगिताको पहिलो दिन शनिबार दुई वटा खेल हुनेछ । पहिलो खेल गोदावारी र एजेलिया स्कूल बिच प्रतिस्पर्धा हुनेछ । सोही दिन दोस्रो खेल ग्रामथानको जनक र बुढीगंगाको जेभियर्स स्कूलबिच हुेनछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर