खबर पूर्वाञ्चल
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको आज अनुगमन पश्चात सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । उनले कार्य क्षेत्र मिलाएर मन्त्रीको सङख्या केही वढाउने सम्वन्धमा गठवन्धन दलहरुवीच आन्तरिक तयारी भैरहेको र बैठक वसी चाँडै मन्त्रिमण्डललाई पूर्णता दिने जानकारी दिए ।
मुख्यमन्त्री राईले विगतको सरकारले पेश गरेको बजेट पुनरावलोकन हुने बताउँदै आर्थिक श्रोत साधन कसरी जुटाउने तथा अनावश्यक राखिएको बजेटको कटौती हुने बताए । उनले व्यक्ति कुन पार्टी हो नभनी रित नपुगी विगतको सरकारले गठन गरेको वोर्डहरुलाई सच्चाउने जानकारी समेत दिए ।
मुख्यमन्त्री राईले गठवन्धन दलको न्यूनतम साझा कार्यक्रमको खाका तयार भैसकेको जानकारी दिदै दलहरुलाई मेल पठाएको वैठक वसी सार्वजनिक गरिने बताए । प्रदेशको नाम राख्नका लागि कार्य दल गठन गर्ने,प्रकिया आगाडि वढाउने र संसदको वैठकमा प्रवेश गराई वहुपक्षीय छलफल एवं सहमतीमा टुङग्याउन सरकारको ध्यान गएको मुख्यमन्त्री राईले प्रष्ट पारे ।