खबर पूर्वाञ्चल
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५, मोरङमा ८, सुनसरीमा ३ र इलाममा २ जनामा संक्रमण देखिएको हो ।
झापाको बुद्धशान्तिमा ४, अर्जुनधारा र हल्दिबारीमा ३–३, दमक, विर्तामोड, भद्रपुर, गौरीगञ्ज र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ४, उर्लाबारीमा २, सुनबर्षी र बेलबारीमा १–१, सुनसरीको इटहरीमा २, बर्जुमा १ र इलामको चुलाचुलीमा २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।