AArya
RUMPUM
animated ellipse animated ellipse

चियापानका लागि एमाले अध्यक्ष ओली आज विराटनगर आउँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०७८, सोमबार ०७:४६
1.13k
Shares
फाइल तस्वीर
विराटनगर / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज विराटनगर आउने भएका छन् ।

आज दिउँसो आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली विराटनगर आउन लागेका हुन् ।
कार्यक्रमलाई भब्य र सभ्य बनाउनका लागि जिम्मेवारी पाएको बताउँदै महानगर कमिटिका सचिव रोहित कोइरालाले कार्यक्रममा प्रमुख अतिथी ओलीसंगै प्रदेश र केन्द्रका नेताहरुको समेत उपस्थिती रहने जानकारी दिए ।

एमाले मोरङको पार्टी कार्यालयमा हुने कार्यक्रममा ७ हजार जना भन्दा बढीको सहभागिता रहने बताइको छ । शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि भई अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

एमाले मोरङले चाडपर्वहरुको अवसर पारेर हरेक वर्ष तिहार अघि गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रम यस वर्ष तराईबासीहरुको महान पर्व छठको पूर्व सन्ध्यामा आयोजना गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर