AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज थप ९० जनामा संक्रमण देखियो, ५३ जना संक्रमणमुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ कार्तिक २०७८, शुक्रबार १७:०५
810
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९० जनामा कोरोना संक्रमण देखिएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, दमक, अर्जुनधारा र शिवसताक्षीमा ३–३, हल्दिबारी र कनकाईमा २–२ र गौरादहमा १, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा ४, कटहरीमा ३, बेलबारीमा २, कानेपोखरीमा १, सुनसरीको धरानमा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, उदयपुरको उदयपुरगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९ महिला र २४ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर