AArya
RUMPUM
animated ellipse animated ellipse

डुवानमा विराटनगर, सुकुम्बासीको बिचल्ली (फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७८, बुधबार १५:४१
2.05k
Shares
विराटनगर / सोमबार रातीदेखि परेको अबिरल बर्षाले विराटनगर डुवानमा परेको छ । पानीको निकास थुनिंदा विराटनगरको दक्षिण क्षेत्र डुवानमा परेको हो ।

सडकमा पानी जमेर आवतजावतसमेत समस्या उत्पन्न भएको छ । लगातारको वर्षाको कारण केसलिया खोलाको बाढी विराटनगर १२ को बखरी, दरैया, बराहाटोल, मलौना, सिमराहीका करिब पाँच सय घर डुवानमा परेको १२ का वडाअध्यक्ष हिरालाल कामतले जानकारी दिए । घर डुवानमा परि विस्थापित भएका परिवारका सदस्यहरु अहिले विराटनगर १२ मा रहेको सामुदायिक भवन र बखरी स्कूलमा बसेका छन् ।

केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो । प्रहरीका अनुसार बाढीले विराटनगरको उत्तरी, दक्षिणी र पश्चिमी भेगमा बढी वितण्डा मच्चाइरहेको छ । खोलाको बाढी वस्तीमा पसेपछि विराटनगर १२ बखरीका सर्वसाधारणबीच भागदौड मच्चिएको थियो । एक्कासि आएको बाढीले घर डुवाउन थालेपछि सर्वसाधारण आफ्नो ज्यान जोगाउन अतआिवश्यक सामाग्री बोकेर शहरणको आफन्त र सामुदायकि भवनमा सरेका छन् । ‘घरभित्र केसेलिया खोलाको बाढी पसेपछि रातीदेखि सुत्न सकेको छुइन,’ विराटनगर १२ बखरीकी अनितादेवि कामतले भनिन्, ‘साना छोरा छोरीलाई बल्ल तल्ला झिकेर बाहिर निकाले । अरु केही सामान झिक्न पाएको छुइन् । अहिले घरमा पानी पसेर जलग्मन छ ।’

लगातारको वर्षाका कारण खोलाहरुमा आएको बाढीmले विराटनगरका १२, १५, १६, १७, १८ अधिकांस घर डुवानमा परेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । एसपी जिसीले प्रहरी बाढीपीडितको उद्धारमा व्यस्त रहेका कारण बाढीले कति क्षति पु¥यायो भन्ने कुराको यतिन विवरण प्राप्त हुन सकेको छैन ।

बाढी पीडितको उद्धारका लागि प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । विराटनगर स्थित शनिमन्दिर चोक, पिचरालगायतका क्षेत्रको अधिकांश सडक पानीले भरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर