कोरोना र मेरो अनुभव : दबाई पनि छैन लुक्ने ठाउँ पनि छैन

खबर पूर्वाञ्चल, २ मंसिर २०७७, मंगलवार १६:४९

आर.सि.कोइराला
मेरो काका स्कुटर दुर्घटनामा पर्नु भएको साथै पुनः हृदयघात भएकोले मनावेल अस्पताल विराटनगरमा व्यस्त थिए । सवै तिर दशैंको रमझम थियो । वजार भरि दशैं किनमेलकालागि मान्छेको भीड हुन्थ्यो, अस्पताल पनि निकै भिड्भाड थियो । छिन– छिनमा कोभिडले ग्रस्त भएका विरामी आउने र मृत्यु भएका विरामी प्लास्टिकले बेरेर निकाल्ने क्रम चलिरहेको थियो । कसैलाई पनि कोरोनाको पर्वाह थिएन । सवै आफैंमा मस्त थिए ।

अस्पतालमा काकालाई हेर्न वहिनीज्वाईहरु दुवैजना हुनुभएकोले राति सुत्नेपालो दिनेसल्लाह गर्दै म २०७७–०७–१८ गते सधैं जस्तै बेलुका घर आए, घर आउँदा थाहा भयो छोरीलाई हल्का रुघाखोकी लागि रहेकोरहेछ, कोरोनाको कारण तुरुन्तै डाक्टर भेट्न जान भन्दा फोन गर्ने सल्लाह हामी श्रीमान श्रीमतीले सल्लाह गर्र्यौ । छोरीको नियमित जाँच तथा उपचार गराई रहनुभएको डा.अरुण गिरीले एकै पटकमा फोन उठाएर छोरीकोलागि आवश्यक औषधि ह्वाट्सएपमार्फत बताई दिनु भयो । राती अस्पताल जाने भएकोले श्रीमतीलाई तिमी खाना बनाउदै गर म छोरीकोलागि औषधि लिएर आउछु भन्दै निस्किए ।

म करिब २० मिनेटमा औषधि लिएर आए, तर घर भित्र छिर्दा घरको माहोलनै फरक थियो । भान्सामा पाक्दै गरेको खाने कुराको वास्नानै आएनभन्दै श्रीमती आत्तिरहेकी थिईन् । स्थितिलाई सामान्य बनाउँदै नआत्तिन भने तर मनमा डर पैदा भयो । अव अस्पताल नजाने निर्णय गरि ज्वाईंसाबलाई खवर गरे । उक्त दिन दिउँसोदेखिनै मेरो टाउँको र पछाडी ढाड निकै दुखिरहेको थियो, चिसो र अरुनै केहि कारणले होला भन्दै वेवास्ता गरिरहेको थिए ।

कोरोना सर्ने कुराले सुरुवाती दिनदेखिनै मनमा संत्रास पैदा हुन्थो । त्यसैले जहिले पनि अत्यन्तै होसियार भए र काम गरिरहेको हुन्थें , मास्क र सेनेटाईजर पटक्कै छोडेको थिईन् । घरमा आवत जावत भैरहने बुबाआमा, काकाकाकी अलिक रोगी र बुढो अनि छोरी सानै हुनाले पनि कता कता डर लागिरहन्थ्यो । केही दिन अगाडी कार्तिक ४ गते पिसिआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । कुनै पनि सिम्टम्स देखिएको थिएन् ।

भोलिपल्ट २०७७–०७–१९ गते हामी तीनैजना छोरीसमेतको पिसिआरकोलागि जैनभवनमा गएर स्वाब दियौं । २० गते बेलुका वडा न. ८ का वडाअध्यक्ष निश्चल अर्यालको फोन आयो । मोबाइलमा निश्चल अर्याल देख्दै पोजिटिभको संका लागि हाल्यो तर सवैलाई हो वा के हो भन्ने भयो वहाँले फटाफट तपाईंहरु दुई जना तपाईं र अस्मिता भट्टराईलाई पोजिटिभ देखायो भन्नु भयो मैले छोरीको नाम हेर्न भने एक छिनमा फोनगर्नु भन्नुभयो । मन आत्तिरहेको थियो श्रीमतीकोअनुहारमा उदाशिनता छाएको थियो ।५ मिनेट पछि फोन गरे छोरीको नेगेटिभ छ भन्नुभयो अनि छोरीलाई छुट्टै राख्नु होलान आत्तिनु कसैलाई पठाउनुव डामा केही औषधि पाईन्छ लगेर खानु होला भन्नुभयो ।

दुई जनाको रिपोर्ट पोजेटिभ आयो तर अस्ति श्रावण २१ गते ४ पुगेर ५ लागेकी छोरीको नेगेटिभ अब झन समस्या आयो छोरीलाई कसरी सुरक्षीत गर्ने भन्ने चिन्ताले मन अत्यन्तै दोधारमा पर्यो विभिन्न खालका सल्लाह भए, छोरीलाई कहाँ राख्ने भने र कोरोनाको खास दबाई नभएकोले हामी जे गर्छौ छोरीलाई पनि त्यही गराउने अन्त पठाउँदा उसलाई निगाह्रो हामीलाई छोरीको चिन्ता थप बढ्ने निश्कर्षमा हामी पुग्यौ र आफैसँग राख्ने निर्णयमा पुग्यौं । मेरो सिटिभेल्यू १५.८ र श्रीमतीको २६.५ देखाएको छ ।

विश्व व्यापी फैलिएको कोरोना महामारीले हामीलाईन भेट्नेमा दुई मत थिएन् । जतिनै होसियारी गरे पनि कहीँन कहीँ हामीले होस गुमायौं र हामीलाई कोरोना लाग्यो । जतिसुकै जोखिम भए पनि उच्च सावधानी अपनाएको भए सायद कोरोना लाग्दैनथ्यो होला । त्यसैले म कसैलाई पनि दोस दिनचाहन्नँ ।

पहिलेदेखिनै एक दिन कोरोना लाग्ने नै हो भन्ने सोचे र होला मेरो आत्मबल उच्चनै थियो । श्रीमतीलाई पनि आत्मबल उच्च राख्न सुझाएँ । खासै तनाव लिने काम गरिन् । हामी तीनै जना होमआइसोलेशनमा बस्ने निर्णय गर्यौ । फोनमा कुराकानी भैरहेपनि आमाबुबा, काकाकाकी र वहिनीज्वाईहरुलगायत साथीभाईहरुलाई भने आजसम्म प्रत्यक्ष भेटीएको छैन् ।
तेस्रो र चौथो दिन मेरो शरीर अत्यन्तै दुखिरहेको थियो ।

शरीरको पछाडिको माथिल्लो भाग र तल्लो भाग धेरै दुखेको अनुभव भइरहेको थियो । शरीरमा कपडाले छुदाँ पनि दुख्थ्यो, हल्का ज्वरो आइरहेको अनुभव हुन्थ्यो । शरीर अत्यन्तै कमजोर र शिथिल भएको थियो । टाउको असाध्यै दुखिरहेको थियो । चौथो दिन दिउँसोबाट श्रीमतीलाई कति कति वेला श्वास फेर्न अलिक कठिनाइ भए जस्तो भयो । तै पनि खासै गाह्रो पारेको थिएन् । साथी दिनेश दाहाललाई अक्सोमिटर किनेर ल्याउन अनुरोध गरे ।

बेलाबेलामा अक्सिजनको मात्रा हेरिरहन्थें, मेन्टेननै हुन्थ्यो अनि ढुक्क हुन्थें । कसै गरी शरीरमा अक्सिजनको मात्रा घटेमा तत्कालै शरीरलाई अक्सिजन चाहिने हुन्छ र अस्पताल भर्ना गर्नुपर्छ भन्ने डर थियो । वेलुका ८ बजेतिर श्रीमतीलाई अलिकगाह्रोभयो, मैले पहिला दाई ज्ञानु खड्कालाई फोन गरेर वहाँकै सल्लाह अनुसार मेयर भीम पराजुलीलाई फोन गरे । भीम दाईले नआत्तिनु मेरो गाडीमा सिलिन्डर छ १५ मिनेटमा घर आई पुग्छु भन्नुभयो । नभन्दै १५ मिनेटभित्र अरुण न्यौपाने र मेयर साब घरमानै आईपुग्नु भयो र तुरुन्तै अक्सिजन लगाईयो । केहिबेरमा नै अवस्था सामान्य भयो ।

पाचौं दिन पनि बेलुकातिर श्रीमतीलाई सास फेर्न अलिक गाह्रो भयो डा.प्रज्वल खतिवडासँग सम्पर्क गर्र्यौ वहाँले ज्वोरो , अक्सिजनको मात्रा , मुटुको धड्कन लगायत सवै कुरा फोनबाट नैबुझ्नु भयो र स्पारोमिटर ल्याएर प्रयोग गर्न सल्लाह दिनुभयो, यसको प्रयोगले धेरै राम्रो भयो ।

ज्वरो र शरीरको दुखाइ भनेको डोपारसिटामोललेकम गथ्र्यौ फेरि कोरोना लागेमा दुखाइ कम गर्ने अन्य दबाइहरुको प्रयोग गर्नु हुँदैन् । हरेक ५÷६ घण्टा सम्म सिटामोलले राम्रो काम गथ्र्यो । दुवै जनालाई गन्ध हराए पनि भोक असाध्यै लाग्थ्यो । त्यसैले हरेक दुई दुई घण्टामा केहीन केही खाइरहन्थ्यौ ।

कसैकसैलाई भोकनै लाग्दैन भन्ने सुनिन्छ । भोक नलागे पनि जबरजस्ती केहीन केही खाइरहनु पर्छ । तातो पानी, सुप, फलफूल, र प्रोटिन युक्त खाने कुरा निरन्तर मन नलागे पनि खाइ रहनु पर्छ । कसैकसैले सप्लिमेन्ट भिटामिनहरु पनि लिएको पाइन्छ । हामी पनि लगभग २ महिना अगाडिदेखि भिटामिन नियमितरूपमा राती सुत्ने बेलामा सेवन गर्थौ ।

विहान उठ्ने बित्तिकै जहिले पनि ध्यान, प्रणायाम, योगा गर्ने, केही काम गर्न वा लेखपढ गर्न पनि पटक्कै मन नलाग्ने हुनाले दिनभरि सुतेपछि झनै कमजोर हुने हुनाले कोठामै भए पनि यता उता हिँडिरहन्थौ । दिनमा तीन, चार पटक तातो पानीले बाफ लिने गर्यौ ।

सुरुवातका ५/६ दिन सामाजिक संजालबाट टाढा भैइयो । आफुलाई सकृय राख्ने सोचले दिनमा एउटा मात्र भए पनि विहान ७ः४५ देखि ८ः२५ सम्मको अनलाइन पढाई रहे । कोरोनासँग सम्बन्धित समाचारले आफ्नो मन आत्तिने र कमजोर बनाउने काम गर्छ । त्यसैले त्यस्ताकुराहरुबाट टाढा बस्नुनै उत्तम हुन्छ । बरु मोटिभेसनल भिडियोहरु, किताबहरु पढ्नुपर्छ भन्ने थाहा थियो ।

चौथो दिन श्रीमतीको नाक खुल्यो तर मेरो अझैसम्म पनि खुलेको छैन् । छैटौं, सातौं दिनमा अन्य सिम्टमहरु हराउँदै गए । हामीजे÷जे गर्थौ छोरीलाई पनि त्यही गराए उतर पहिला जस्तो एउटै थालमा खाने, एउटै तौलिया प्रयोग गर्ने जस्ता काम बिल्कुलै गरिएन् । प्राय ः घरभित्र मास्क लगाएरनै बस्यौ । आज एघारौ ंदिन पनि अरु कुनै समस्या नभए पनि श्रीमतीलाई बेलाबेलामा सास फेर्न गाह्रो भैरहेको छ । मेरो शरीर अलिक कमजोर भए जस्तो महसुस भए पनि म र छोरी अहिले स्वस्थ छौ ।

कोरोना वास्तविकताभन्दा बढीनै ब्रान्डिङ भएको मैले महशुस गरे । हो यसले कमजोर पक्कै बनाउने रैछ तर नियमित खानपिन, तातो पदार्थ र घरेलु जडिबुटी जस्तै गुर्जो, अमला, बेसार, खाने कपुर, दालचीनी, सुकमेल, असुरोनै यसको मुल औषधि हो भन्ने मलाई लाग्यो । तसर्थ, यसका अभियन्ताहरुको कुरा नसुनेर आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गर्दछु । साथै कोरोना लागे र

होमआईसोलेसनमा रहेका जो कोहिलाई पनि आफन्त र साथीभाईहरूको फोन वा सामाजिक संजाल मार्फत भए पनि साहसको आवश्यकता हुनेरहेछ यसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

यसमा कसैले पनि कन्जुस्याई नगरौ यसले विरामीलाई उर्जा प्रदान गर्दछ । हामीलाई समय÷समयमा फोन तथा मेसेजबाट उर्जा प्रदान गर्ने दाई अर्जुन नेपाल, प्रा.डा.देवेन्द्र अधिकारी, नरेश पौडेल, भेषराज पोख्रेल, रोशन घिमिरे, दिनेश दाहाल ,रवि कटुवाल, हरिकृष्ण अर्याल ,केशवचन्द, दानकुमार ढकाल, लक्ष्मण ढकाल, संगम उप्रेती, मोहनकुमार श्रेष्ठ, तुलसी खतिवडा, केदार के.सी.,सुभाष लूूइटेल, अनिष गुरागाई, सविन दाहाल, गौरव शर्मा, रेश्मा गिरी, रश्मीता अधिकारी, प्रतिभा पाण्डे, आरध्य भट्टराई, नवीन गौतम, त्रीलोचन भट्टराई, ए.के.दास, जनक ढकाल, दिपक कटुवाल, मीनकुमार नवोदित, शिशिर लामा, सम्पूर्ण विद्यार्थी भाइ वहिनी, अभिभावक, आफन्तलगायत हाम्रो सुःस्वास्थको कामना गर्ने सम्पूर्णमा नमन गर्दै हार्दिक आभार प्रकट गर्दछु ।

२०७७–०७–३० गते दिउँसो बि.एफ.एममा कोरोना र अनुभव सम्बन्धि आफ्नो अनुभव कार्यक्रममा कैलाश खाकी श्रेष्ठसँग फोन मार्फत सहभागी हुने अवसर पाए । मैले उक्त कार्यक्रममानै घोषणा गरेको छु , चौध दिन पछिप्ला ज्माथेरापीको लागि प्लाज्मा दान गर्न तयार छु । केरोनाबाट गम्भीर किसिमका विरामीलाई प्लाज्मा थेरापिकोलागि रगत चाहिएमा रगत दान गर्ने छु । मेरो रगत समूह ए नेगेटिभ हो भने श्रीमतीको ओ पोजिटिभ हो । अन्य निको भइसकेका संक्रमितले पनि आफ्नो रगत दान गर्नु होला ।

अमेरिका,बेलायत,चीन,रूसलगायत देशमा कोरोनाविरुद्धको खोप विकाशको काम अन्तिम चरणमा पुगे पनि उक्त खोप नेपाली बजारमा आईपुग्न निकै समय लाग्ने छ । नेपालमा शुरूवातका दिनभन्दा हिजो आज आम मानिसले कोरोनालाई सामान्य रुप लिन थालेको र खेलाची गरेको महसुस लागेको छ ।

कृपया, कोरोनालाई त्यति सामान्य नलिनु होला र आफूलाई नलाग्दासम्म कोरोना सामान्य लाग्छ, तर जसलाई लाग्छ, उसैलाई थाहाहुन्छ कोरोनाको पीडा कस्तो हुन्छ भनेर । कोरोना अदृश्य र आरएनएजिवित जिवाणु भएकोले भागेर लुक्ने ठाउँनै छैन, दबाई बनिसकेको पनि छैन तसर्थ, सावधानी अपनाउनु र संयम रहनुनै आजको मुख्य आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५