animated ellipse animated ellipse

सभापति देउवासँग छफलफलको आधारमा प्रदेशको मुख्यमन्त्री कार्कीको नाम निर्णय भएकोे हो –नेता डा. कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०८०, शुक्रबार १९:४२
252
Shares
विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार काकीको नाम पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवासँग पटक पटक छलफलका आधारमा निर्णय भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।
आज साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । नेता कोइरालाले कोशी प्रदेशको परिस्थित भिन्न रहेको एवं जनतामा रहेको दुविधा अन्त्य गर्नु पर्ने आवश्यक्त्ताले कार्कीको नेतृत्वमा प्रदेश सरकार निर्माण गरिएको बताए ।
नेता कोइरालाले प्रदेश सरकार निर्माणले सङ्घीय र बागमतीको सरकारलाई कुनै असर नपार्ने समेत बताए । कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने बताउँदै नेता कोइरालाले तिहार अगाडि सरकारको आवश्यक्त्ता अनुसार विस्तार हुने बताए ।
नेता कोइरालाले संसदीय व्यवस्थामा  प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार  संविधानमा नराख्नु ठूलो गल्ती भएको बताए । उनले आफु प्रधानमन्त्री बन्नका लागि अहिले आवश्यक संसद सदस्य सङख्या अपुग रहेको र समय आएपछि सङ्घीय सरकारको नेतृत्व परिवर्तन हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर