खबर पूर्वाञ्चल
आरागनको एडिएचएममा अध्ययनरत सातौ ब्याचका ४८ जना विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि विदाई गरेको कलेजले जनाएको छ ।
सोही अवसर पारेर कलेजमा भर्ना भएका १ सय १० विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको बारैमा बताइएको थियो । उनीहरुलाई प्रमुख अतिथि सास्थम कलेजका निर्देशक रोशनबहादुर थापा, प्रध्यापक डां पिके झा, कलेजका ओ–अर्डिनेटर शैलेन्द्र वर्मा, हेड अफ डिर्पामेन्ट रोशन शर्मा, कलेजका प्रशासकि प्रमुख सुरेन्द्र कुवँर र कोशी विद्या मन्दिरका निर्देशक धिजनबाबु काफ्लेलगायतले शुभ कामना दिएका छन् ।
कलेजका निर्देशक अमित महतोको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कलेमा उत्कृट हुने विद्यार्थी अविनास चौधरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थि अथिति, अभिभावक तथा विद्यार्थीहरुलाई कलेजमा अध्ययनरत विद्यार्थीले नृत्य, गित तथा नाटकलगायत विभिन्न कार्यक्रम गरि मनोरञ्जन दिएका थिए ।