खबर पूर्वाञ्चल
विराटनगर शाखा कार्यालयमै रहेर आफ्नो कामकार्य गर्दै आएको बैंकले आफ्नो छुट्टै प्रादेशिक कार्यालय स्थापना गरेको हो ।
विराटनगर–२ गोल्छा चोक स्थितमा रहेको उक्त कार्यलयको नेपाल राष्ट्र बैंक प्रदेश नम्बर १ का प्रमुख सतेन्द्र तिमल्सिनाले उद्घाटन गरे ।
कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै कार्यालय उद्घाटन कार्यक्रममा सिमित व्यक्तिहरुको सहभागीता रहेको थियो । कार्यालयको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक प्रदेश नम्बर १ का प्रमुख तिमिलसिनाले सिभिल बैकले प्रदेशको राजधानी विराटनगर तथा प्रदेश नम्बर १ मा वित्तीय पहुँच बृद्धि गरि वित्तीय स्तर बढाउँदै, ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाकालागि अनुकुल वातावरण बनाउन प्रोत्साहित गरेकोमा बैंकको प्रसंसा गरे । उनले प्रदेशवासीहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि यस बैंकबाट कर्जा लिई आफ्नो व्यापार व्यवसाय विस्तार गर्न र आफुसंग भएको सानो–सानो पुँजीलाई बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह समेत गरे ।
कार्यक्रममा सिभिल बैंक प्रदेश नम्बर १ का प्रमूख राजेश ढकालले देशभर हालसम्म करिव ६ लाख ग्राहकहरुलाई १ सय १५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटियममार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको जानकारी दिए । उनले बैंकले प्रदेश नम्बर १ मा मात्रै २१ वटा शाखा ३ वटा एक्सटेन्सन काउन्टर सञ्चालन गरि ग्राहकलाई सेवा प्रदान गरिरहेको जानकारी गराए । उनले बैंकले प्रदेशका ग्रामिण क्षेत्रका जनतालाई बैंकको पहुँचमा ल्याउन दुरदराजका बजारहरुमा आफ्ना शाखा विस्तारलाई तिब्रता दिएको बताए ।