खबर पूर्वाञ्चल
लायन्स क्लव , लियो क्लव विराटनगर र जिल्ला ट्राफिक कार्यालय मोरङद्वारा संयुक्त रुपमा विराटनगरको हाटखोला चोकमा सडक हिड्ने सर्वसाधारणलाई सचेतना तथा माक्स वितरण गरिएको हो ।
सो अवसरमा मुकेश पौडेल, चाँद इराकी, मोतिराम दाहाललगायतले यो महामारीबाट आफु तथा आफ्नो परिवार र समाजलाई बचाउन माक्स र खोप मुख्य हतियार भएको बताए । क्लवले उक्त अभियानलाई निरन्तर दिने जनाएको छ ।
सो अवसरमा उक्त बाटो भै आवतजावत गर्ने ग्रामीण तथा शहरी क्षेत्रका लागि सर्वसाधारण लगायत सिटी सफारिका चालकलाई माक्स वितरण गरिएको थियो ।