AArya
RUMPUM
animated ellipse animated ellipse

बेलबारी निषेधाज्ञा एक हप्ता थप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ श्रावण २०७८, सोमबार १८:३४
918
Shares
विराटनगर / मोरङको बेलबारीमा जारी निषेधाज्ञा (लकडाउन) एक हप्तासम्म लम्बिएको छ ।

कोरोनाको संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जानथालेपछि नियन्त्रणका लागि जारी गरिएको लकडाउन एक हप्ताका लागि थप्ने कोरोना रोकथाम नगरस्तरीय समन्वय समितिको बैठकले निर्णय गरेको हो ।

नगरभरि साउन २५ गतेदेखि ३२ गतेसम्म लकडाउन रहनेछ । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण उद्योग पसल कलकारखाना, निजी तथा सरकारी कार्यालयहरू र बंैक वित्तीय सस्थाहरु बन्द रहने छन् । नगरपालिकाले लकडाउनको पालना गर्न सबै नगरवासीमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर