जलेर चार बर्षीया बालिकाको मृत्यु

खबर पूर्वाञ्चल, ३ श्रावण २०७८, आईतवार १७:५४

ओखलढुङगा / ओखलढुङगाको मानेभञ्ज्याङ–६ मा आगोले जलेर एक बालीकाको मृत्यु भएको छ ।

ओखलढुङगा सिन्धुली फिक्कल–५बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धनकुमारी खड्काको मानेभञ्ज्याङ–६ स्थितमा रहेको मामा घरको गाइगोठमा जलेर र्मतयु भएको हो । बालीका मामा घर आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउँसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुँदा सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

यसै गरी गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्राको समेत जलेर मृत्यु भएको छ । घटना स्थलमा प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५