खबर पूर्वाञ्चल
संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ ।
प्रदेश १ मा आज ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६–६, ते¥हथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दमकमा १६, भद्रपुरमा १५, मेचीनगरमा ११, अर्जुनधारामा १०, शिवसताक्षीमा ८, झापा गाउँपालिकामा २, कचनकवल, गौरादह र कमल गाउँपालिकामा १–१ र स्थानीय तह तखुलेका ३, सुनसरीको धरानमा ८२, इटहरीमा ३३, रामधुनीमा ७, बराहक्षेत्रमा ६, गढीमा ३, दुहवी र इनरुवामा २–२ र स्थानीय तह नखुलेका ४, मोरङको सुन्दरहरैचामा ३१, विराटनगरमा २८, केराबारीमा १२, पथरीशनिश्चरेमा ९, बेलबारीमा ५, मिक्लाजुङमा ३, उर्लाबारी र कटहरीमा २–२, बुढीगंगा, ग्रामथान, रंगेली, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि ताप्लेजुङको मिक्वाखोलामा ५, मैवाखोलामा ३, फक्ताङलुङमा २, इलामको देउमाईमा ३, इलाम नगरपालिकामा २, माई र चुलाचुलीमा १–१, उदयपुरको त्रियुगामा ३, बेलका, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रिवास, शहिदभूमी र स्थानीय तह नखुलको १–१, ते¥हथुमको म्याङलुङमा २ र स्थानीय तह नखुलको १, संखुवासभाको खाँदबारीमा २, ओखलढुङ्गामा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र खोटाङको हलेसी तुवाचुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार १४७ पुगेको छ । सक्रिय संक्रमित ७ हजार १६१ रहेको छ । प्रदेश १ मा आज १ हजार ३५९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०८ महिला र २७० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १२३६ पुगेको छ । जस्मा ३७४ महिला र ८६२ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा सवै भन्दा बढी सुनसरीका ६ जना संक्रमितको मृत्यु भएको छ भने झापाका ३ जनाको मृत्यु भएको छ । त्यस्तै मोरङ र उदयपुरका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।