खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा झापाबाट २२ बर्षीय निगम लिम्बु तथा सुनसरीबाट ३५ बर्षीय विमल भुजेल र ४१ बर्षीय आईतराज लिम्बनु रहेको प्रदेश १ प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।
झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ घर भई शिवसताक्षी नगरपालिका–९ का लिम्बुलाई लागुऔषध ट्याब्लेटसहित पक्राउ गरेको हो । मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा लिम्बुको साथबाट नियन्त्रीत लागुऔषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको थियो ।
यसैगरी विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप–महानगरपालिका–८ का ३५ भुजेल र धरान–१५ का लिम्बनुलाई तीन ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर र १ बोतल डाईलक्स डिसीसहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।