खबर पूर्वाञ्चल
दिगो विकास इन्सिच्यूटले अफ्टयारोमा परेका सिटी रिक्सा चालकहरुलाई खाद्यान्न सहयोग गरेको हो । १०२ जना सिटि रिक्सा चालकहरुमध्ये पहिलो चरणमा ७ जना पुरुष र ३ जना महिला गरि जम्मा १० जना चालकहरुलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र गैर सरकारी संस्था माहासंघ मोरङका उपाध्यक्ष्य विष्णु पन्तको उपस्थितिमा राहत वितरण गरियो । बाँकि ९२ चालकहरुलाई कुपन प्रणली मापर्mत खाद्यान्न सामाग्री उपलब्ध गराइने दिगो विकास इन्सिच्यूटका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए ।
दिगो विकास इन्सिच्यूटद्धाराहरेक सिटि रिक्सा चालकहरुलाई १ बोरा जिरा मसिनो चामल, १ के.जि दाल, १ लिटर तेल, १ के.जि. नुन, ५०० ग्राम स्वायविन र १० पिस मास्क बितरण गरेको छ । राहत पाउने ९७ जना पुरुष चालक र ५ जना महिला गरी जम्मा १०२ जना सिटि रिक्सा चालक रहेका छन् ।