AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ६५७ संक्रणमुक्त, ३६२ जना संक्रमित थपिए र ७ जनाको संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ असार २०७८, सोमबार १८:३८
999
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६५७ जना कोरानाबाट संक्रमणमुक्त भएका छन् भने ३६२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज थपिएका ३६२ जना संक्रमित मध्ये सवैभन्दा बढी झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८–८, धनकुटामा ६, भोजपुर र उदयपुरमा ५–५, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा २३, विर्तामोड र भद्रपुरमा १९–१९, दमकमा १६, शिवसताक्षीमा १०, कनकाई र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ८, बा¥हदशीमा २, हल्दिबारी, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ४७, इटहरीमा २६, दुहवी र बराहक्षेत्रमा ५–५, रामधुनीमा ३, इनरुवामा २, कोशी गाउँपालिका, बर्जु, देवानगञ्ज गढी र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४६, बेलबारीमा १५, पथरीशनिश्चरेमा ११, बुढीगंगा, उर्लाबारी र रतुवामाईमा ४–४, सुन्दरहरैचामा ३, सुनबर्षी, रंगेली, ग्रामथान, जहदा र कटहरीमा १–१ जनामा संक्रण्मा देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा १४, संखुवासभाको खाँदबारीमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ५, रोङमा २ र सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साघुरीगढीमा २ र महालक्ष्मीमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका २–२, षडानन्दमा १, उदयपुरको बेलका, कटारी, त्रियुगामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको सिदिङ्वा र ते¥हथुमको मा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार ४८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ८६५ रहेको छ । प्रदेश १ मा आज १ हजार १६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६७ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ भर ७ जना कोरोनाका विरामीको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३२८ महिला र ७७७ जना पुरुष गरी ११०५ पुगेको छ ।

मृत्यु हुनेमा सवैभन्दा बढी झापाका ७ जना, मोरङ, इलाम र सुनसरीका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर