खबर पूर्वाञ्चल
लागूऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका– ६ शान्तिनगर टोलका ३४ बर्षीय पवन राईलाई आज दिउँसो पक्राउ गरेको ।
राईको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर २२ ग्राम फेला पारेको छ । पक्राउ परेका राई उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।