AArya
RUMPUM
animated ellipse animated ellipse

एकताको लागि थप लचकता अपनाउने ओली पक्षको निणर्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ जेष्ठ २०७८, मंगलवार १५:४०
657
Shares
काठमाण्डौ /नेकपा एमालेको ओली पक्षले पार्टी एकताका लागि थप लचकता अपनाउने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आज बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधिएका माधव नेपाल समूहका नेताहरुलाई तत्काल कारबाही नगर्ने भएको छ । एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने भन्दै नेताहरुलाई कारबाही नगरेको ओली पक्षीय स्थायी कमिटीको वैठकले जनाएको छ ।

यसैगरी ज्ञवालीले पार्टी एकताका लागि गठन भएको कार्यदल अस्तित्वमा नरहेको पनि बताए । कार्यदलमा रहेका केही नेताहरू कारबाहीमा परिसकेको अवस्थामा कार्यदलको अस्तित्व नरहेको बताएका हुन् ।

प्रवक्त ज्ञवालीले आवश्यकताका आधारमा कार्यदल पुनः गठन हुनसक्ने बताउँदै अहिलेको अवस्थामा नेताहरूबीच व्यक्तिगत र समूहगत रूपमा छलफल भइरहेको जानकारी दिए ।

यसैगरी बैठकले संवैधानिक इजलासमा सहभागी न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीप्रति विपक्षी कानुन व्यवसायीले प्रश्न उठाएकोप्रति आपत्ति जनाएको छ । यस्ता गतिविधिले स्वतन्त्र न्यायपालिकाको मर्ममा असर पुग्ने निष्कर्य निकालेको ज्ञवालीले जनाए ।

‘आफूले भनेकै न्यायाधीश र आफूले भनेजस्तै फैसला आउनुपर्ने भन्दै न्यायपालिकामाथि दिइएको दबाब जायज नभएको पार्टीको निष्कर्ष छ,’ प्रवक्ता ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर