सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट

खबर पूर्वाञ्चल, १५ जेष्ठ २०७८, शनिबार १९:१५

विराटनगर / सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि लागि ५ खर्बको ऋणसहित १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अध्यादेश मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

यो बजेट चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी हो । चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन भएको थियो ।

आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य छ । वैदेशिक अनुदानबाट ६३ अर्ब पाउने आशा गरेको सरकारले विदेशी विकास साझेदारबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण लिनेछ ।

त्यस्तै २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिइने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । चालु आर्थिक वर्ष राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड सङ्कलन हुने लक्ष्य राखिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५