AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा मोरङमा थप १६ सहित प्रदेश १ मा २० जना संक्रमितको मृत्यु, प्रदेश १ मा मृतकको संख्या ८ सय नाघ्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ जेष्ठ २०७८, मंगलवार १९:०१
1.68k
Shares
पुष्पराज थपलिया
विराटनगर / पछिल्लो २४ घण्टामा मोरङमा थप १६ सहित प्रदेश १ मा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८०४ पुगेको छ ।

प्रदेश १ को विभन्न अस्पतालमा पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको हो ।

विराटनगरको नोबेल शिक्षण अस्पताल ८, विराट शिक्षण अस्पताल बुढीगंगामा ६, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा २ र विराटनगरको न्युरो अस्पतालमा १ जनाको मृत्यु भएको सामाजिक विकाश मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा सवै भन्दा बढी मोरङ जिल्लाका ९ जना संक्रमित रहेका छन् । मोरङ पछि सुनसरीका ३, संखुवासभा र झापाका १– १ र प्रदेश १ बाहिरका ५ जना रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर