खबर पूर्वाञ्चल
बालिका अपहरणमा संलग्न विराटनगर ६ रामपुर चौकका २७ वर्षिय रविन्द्रकुमार साह र साहकी प्ैमिका विराटनगर ५ कारखाना टोलकी २७ वर्षि अनु साहलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
पक्राउ परेका अनु र रविन्द्र २–३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरू अविवाहित हुन् । पक्राउ परेका मध्ये बालिका अपहरण गर्ने मुख्य योजनाकार रविन्द्र रहेको प्रहरीले जनाएको छ । रविन्द्रलाई प्रहरीले मंगलबार विराटनगरबाट पक्राउ गरेको हो । रविन्द्रलाई पक्राउ गरेपछि मोरङ प्रहरी र १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर रिटमा कार्यरत प्रहरी निरीक्षकको टोलीले भारतको दरभंगाबाट अपहरित बालिका र अपहरणमा संलग्न अनुलाई पक्राउ गरि आज विराटनगरमा पत्रकार सम्मेलन गरि मोरङ प्रहरीले सार्वजानिक गरेको हो ।
प्रेमिकालाई प्रयोग गरेर बालिका अपहरण गरि १५ लाख रूपैयाँ फिरौती लिने योजना असफल बनाउँदै प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्दै १२ महिनाकी अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । विराटनगर – १२ रोडशेष चौकबाट सोमबार विहान ९ बजे बुढीगंगा १ का दिपेन यादवकी छोरी निकिशालाई प्रहरीले भारतको दरभंगाबाट उद्धार गरेर आज विहान विराटनगर ल्याएको हो ।
घटनाका मुख्ययोजनाकार रविन्द्रले अनुसँग बालिकाका बुबा दिपेन यादवको चिनजान दुई महिना अगाडी मोवायल सम्पर्कमार्फत सुरु गराएको अनुसन्धानमा देखिएको छ । चिनजान गाढा बन्दै जाँदा दिपेन र अनुबीच भएको कुराकानीमा आफ्नी श्रीमती काठमाण्डौं बस्ने र आफुसँग छोरी रहेको जानकारी गराएपछि अपहरणको योजना बुनेर १५ लाख फिरौती माग्न खोजेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको दावी छ ।
अनुले दिपेनलाई छोरी हेर्न मन लागेको भन्दै बुढीगंगाबाट रोडशेष लिएर आउन भनेको र आएपछि दिपेनको कारमा बसेर महेन्द्र मोरङ क्याम्पस अगाडीको चिया पसलमा पुगेका थिए । त्यसपछि छोरी लिएर हिँडेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो । चिया पसलमा पुगेपछि आफुले फोन गर्नुपर्ने भएको भन्दै दिपेनको मोवाइल समेत अनुले लिएको खुलेको छ । चिया पसलबाट बालिकालाई बोकेर फोन गर्ने निहुँमा निस्केपछि अनु नजिकै पर्खेर बसेका घटनाका मुख्य योजनाकार रविन्द्रको मोटरसाइकल चढेर सुनसरीको दुहबी–इनरुवा हुँदै सप्तरीको राजविराज–कुनौलीबाट भारतको दरभंगा पु¥याएको खुलेको छ ।
बालिकालाई अपहरण गर्नका लागि रविन्द्रले प्र०१–०२०४६ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनए । भारतको दरभंगामा बच्चा पु¥याएपछि अनु त्यहिं बसेको र रविन्द्र फर्केर आएको खुलेको छ । रविन्द्रले बालिकाका हजुरबुबा दिपक यादवलाई विभिन्न मोवाइलबाट म्यासेज गर्ने गरेका थिए । भारतमा पु¥याएकी बालिकालाई विकास साह नाम गरेका व्यक्तिको घरमा राखिएको देखिएको छ ।
प्रहरीले घटनापछि मोवाइल ट्रेस गरेर रविन्द्रलाई आइतबार पक्राउ गरेको थियो । त्यसका आधारमा बालिकालाई भारत पु¥याएको खुलेको हो । त्यसपछि भारतीय प्रहरीसँगको समन्वय गरेर घटनास्थलबाट बालिकाको उद्धार र अपहरणमा संलग्न रहेकी साहलाई नियन्त्रणमा लिएर सीमा क्षेत्रसम्म ल्याइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।
प्रहरीले दुवैजना विरुद्ध अपहरण तथा शरिर बन्धक मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो । फौजदारी संहिता २०७४ अनुसार ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि एकलाख रुपिँयासम्म जरिवाना हुने प्रावधान रहेको छ ।
प्रहरीले अपहरणमा संलग्नको साथबाट पाँचथान मोवायल बरामद गरेको छ । अपहरणका लागि अर्को व्यक्तिको विवरणमा मोवायलको सीम झिकेको समेत प्रहरीले आशंका गरेको छ ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार उक्त कसुर स्थापित भए पीडकलाई सातदेखि १० वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था छ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयको टोलीसाथै प्रदेश १ प्रहरी कार्यालयको विशेष प्रहरी पनि खटिएको थियो ।