खबर पूर्वाञ्चल
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटीको तेस्रो अधिवेशनबाट पोखरेको अध्यक्षतामा १३ सदस्य सर्वसम्मतले चयन गरीएको हो । कमिटीको उपाध्यक्षमा सविता थापा (केसी ) सचिवमा भली सुब्बा, सह–सचिवमा प्रतिमा ओझा र कोषाध्यक्षमा मन्दिरा भट्टराईलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा सविता कार्की, सम्झना दाहाल सुनिता तामाङ , ओमकुमारी राई, उर्मिला तिम्सीना, मिरादेवी पाण्डे, सिलु श्रेष्ठ बज्राचार्य र बसन्ती गुरुङ रहेका छन् ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश कमिटी संयोजक निलम ढुङगेल, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल शिक्षा विभागकी सचिव ममता प्रधान, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश १ कमिटिकी उपाध्यक्ष ललिता धिमाल र प्रदेश सदस्य कला डाँगी, निता मगरको उपस्थित रहेको थियो ।
नयाँ चयन भएको कमिटिले आगामी दिनमा महानगरमा थप कमिटीलाई विस्तार गर्दै लाने र सौन्दर्यकलाको क्षेत्रमा आवद्धहरुलाई व्यक्तित्व विकासको तालिमसँगै यो क्षेत्रलाई थप उर्जाशिल बनाएर लैजाने नव नवनिर्वाचित अध्यक्ष पोखरेलले प्रतिवद्धता जनाइन् । अधिबेशनसँगै बनभोजको कार्यक्रम समेत आयोजना गरेको थियो ।
अधिवेशन पश्चात कार्यक्रममा सहभागीहरुले मनोरन्जनात्मक साँगितिक कार्यक्रम र नव निर्वाचित सचिव भलि सुब्बाको जन्मदिन समेत केक काटेर मनाएका थिए ।