AArya
RUMPUM
animated ellipse animated ellipse

विराट राजवंशीको वृहत भेला विराटनगरमा सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०७७, बिहीबार १८:५०
477
Shares
विराटनगर / विराट राजवंशीहरूलाई आदिवासी जनजातिमा सृचिकृत गर्न दबाव सिर्जना गर्ने उद्दश्यले आयोजना गरिएको १४ औं वृहत भेला विराटनगरमाा सम्पन्न भएको छ ।

राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय कार्यालय विराटनगरले आज विराटनगरको वीरेन्द्र सभा गृह हलमा भब्य कार्यक्रम आयोजना गरि बहृत भेला सफलता पुर्वक सम्पन्न गरेको हो ।

भेला गर्नुअगाडी ठूलो संख्यामा उपस्थित भएका विराट राजवंशी सामुदायहरूले संस्कृति झल्किने मौलिक पहिरन, झाँकीसहित उनीहरूले नगर परिक्रमा गरेका थिए । विराटनगरको रंगशालादेखि सुरू भएको ¥यालीले गोल्छा चौक, मेनरोड हुदै ट्राफिक चौक, हस्पिटल चौक भएर वीरेन्द्र सभा गृह हलमा पुगेको थियो । उनीहरूले विराट राजवंशीलाई आदिवासी जनजातिमा सृचिकृत गर, राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित गरलगायतका नारा लगाउँदै नगर परिक्रमा गरेपछि विराटनगरस्थित वीरेन्द्र सभागृह हलमा बृहत भेलामा सरिक भए ।

कार्यक्रमा बोल्दै राजवंशी समाज उत्थान समिति ९विराट० का अगुवाहरूले भूमिपुत्र विराट राजवंशीहरूलाई राज्यले अन्याय गरेको गुनासो गरे । उनीहरूले प्रकृतिका पुजारी, भूमिको रक्षा गर्ने विराट राजवंशीलाई राज्यले आदिवासी जनजातिमा सुचिकृत नगरेर अन्याय गरेको बताए । १४ वर्षदेखि निरन्तर रुपमा आदिवासी जनजातिमा सुचिकृत गर्न माग राख्दै आन्दोलित हुँदा पनि राज्यले राजवंशीहरूको कुनै मागको सुनवाइ नगर्दा आन्दोलनमा होमिन बाध्य छन् । राज्यले विराट राजवंशीलाई दोस्रो दर्जाको नागरिकको रुपमा राखेको उनीहरूको भनाई छ ।

कार्यक्रममा बोल्दै विराट राजवंशी युवा अध्यक्ष कुशेश्वर राजवंशीले १४ वर्ष भइसक्दा पनि राज्यले विराट राजवंशीलाई आदिवासी जनजातिमा सुचिकृत नगर्नु दुःखद भएको बताए । ‘विराट राजवंशीको छुट्टै भाषा, संस्कृतीले भरिपूर्ण हुँदा पनि राज्यले अहिलसम्म आदिवासी जनजातिमा सुचिकृत गरेको छैन,’ उनले भने । विराट राजवंशीको पहिचान गरेर बर्तमान सरकारले सृचिकृत गरिदिनुपर्ने उनले बताए । ‘हाम्रो अस्तितोको पहिचान भएको छैन । पहिचालनको लागि हामी निरन्तर आन्दोलनमा छौं । १२ वर्षमा खोला पनि फर्किन्छ भन्ने सुनेका थियौं । तर, हाम्रो एउटै माग राखेको १४ वर्ष भयो । अहिलेसम्म हाम्रो मागको सुनवाइ हुन नसक्नु भूमिपुत्र माथिको अन्याय हो,’ उनले भने, ‘विराट राजवंशीहरू मागलाई राज्यले वेवास्था गर्छ भने आन्दोलनको आधिबेरी सृजना गर्नेछौं ।’

कार्यक्रममा राजवंशी समाज उत्थान समिति (विराट) अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले भोषा, संस्कृति भएको भुमि पुत्र विराट राजवंशीलाई राज्यले आदिवासी जनजातिमा सुचिकृत नगरेसम्म निरन्तर आन्दोलनमा उत्रिने चेतवनी दिए । कार्यक्रममा

राष्ट्रिय आदिवासी जनजाति महासंघका अध्यक्ष प्रदिप विश्वास, बुढीगंगा गाउँपालिकाको कार्यपालिका सदस्य गुप्तनारयण मण्डल राजवंशी, कटहरी गाउँपािलका कार्यपालिका सदस्य कला राजवंशी, अधिवक्ता राजकुमार राजवंशी, थारु कल्याणकारी समिति मोरङका अध्यक्ष प्रदिप भगत थारुलगायतले विराट राजवंशीलाई आदिवासी जनजातिमा सुचिकृत गर्न माग राखेका थिए ।

योगदान पु¥याउने आठ जना सम्मानित
राजवंशी समाजमा उल्लेखिय योगदान पु¥याउने आठ जनालाई सम्मान गरेको छ । राजवंशी सामाज लागेका आग्रज व्यक्तित्व र विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउनेहरूलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेहरूमा शिक्षकहरु भमरलाल राजवंशी, शिव शंकर राजवंशी रहेका छन् । यस्तै राजवंशी समाज उत्थान समिति (विराट)ले नृत्य निर्देशक कार्तिक राजवंशी, खेलकुद विदाबाट गोविन्दकुमार राजवंशी र फोटोग्राफर भुवनेश्वर राजवंशीलाई सम्मान गरेको छ । यस्तै राजवंशी सामुदायबाट उच्च शिक्षा हासिल गर्ने तीन जना विद्यार्थीलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यार्थीहरूमा राज राजवंशी, पूजा राजवंशी र लत्ता राजवंशी रहेका छन् । सम्मानित भएकाहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले सम्मान गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर