AArya
RUMPUM
animated ellipse animated ellipse

नयाँ खेलाडी उत्पादन गर्न प्रशिक्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७७, मंगलवार १५:४६
909
Shares
विराटनगर / खेलकुद क्षेत्रप्रति अभिरूचि बढाउनुको साथै तेक्वान्दोका नयाँ खेलाडीहरू उत्पादन गर्न पाँचथरमा प्रशिक्षण कार्यक्रम सुरू भएको छ ।

विद्यालयस्तरदेखि खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रशिक्षण दिन थालिएको हो । प्रशिक्षणमा आइटीएफ तेक्वान्दो खेलमा आर्षण बढाउन उनीहरूलाई सैद्धान्तिक ज्ञान पनि दिइन् आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रविण कार्कीले जानकारी दिए । तेक्वान्दोका सेकेण्ड डन नितेस खवासले खेलाडीहरूलाई प्रशिक्षण दिनेछन् ।

सोही अवसरमा पाँचथरको याङवरक गाउँपालिका ३ ओयाममा रहेको गुप्तेश्वर माविमा अध्ययरत विद्यार्थीहरुको लागि खेलकुद सामाग्री पनि हस्तान्तरण गरिएको छ । खेलकुद सामागि आइटीएपका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष कार्की, प्रदेशका सचिब नविन तामाङ्ग, पाँचथर खेलकुद विकास समितिका प्रमुख मात्रिका दाहाललगायतको सहभागि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर