animated ellipse animated ellipse

बाँतर समुदायले मनाए माघे संक्रान्ति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ माघ २०८०, सोमबार १७:३९
486
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिका–५ मा रहेका बाँतर समुदायहरुले माघे संक्रान्ति पर्व मनाएका छन् ।

आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी आज माघेसंक्रान्ति पर्व मनाएका हुन् ।

माघे संक्रान्तिका दिन बाँतर समुदायहरुले आफ्नो कुल देवतालाई पूजा–आजा गरी सरदार (मुखिया) को घरमा गई गाउँका पैरजनहरुले तिलको लड्डु, भुजाको लड्डु, चिऊराको लड्डु र सुंगुरको बली दिई गेंड सिंहलाई सामुहिक पूजा–आजागरी माघेसंक्रान्ति पर्व मनाउने परम्परा रहेको छ ।

संदियौदेखि बाँतर जातिका मानिसहरुले हिन्दु रितअनुसार माघ १ गते माघे संक्रान्तिका दिन सरदार(मुखिया)को घरमा सामूहिक पूजा गर्ने चलन रहेको बाँतर जातिका अगुवा बविता सरदार बाँतरले बताइन् ।

पूजा सम्पन्न भएपछि सवै पैरजन सदस्यहरुलाई प्रसादीको रुपमा सुँगुरको मासु बाँड्ने र सरदार (मुखिया) को घरमा मासुको परिकार बनाई सामुहिक भोज खाने प्रचलन रहेको उनले बताए । बाँतर जातिले माघे संत्रान्तिको अवसरमा पूजा गर्न थालेको नेपाल बाँतर सरदार समाज कल्याणकारणी सममितिका केन्द्रीय सचिव शुभाष सरदारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर