AArya
RUMPUM
animated ellipse animated ellipse

सत्तापक्षबाट नै सदन सञ्चालनमा अवरोध गरे पछि प्रदेश १ को सदन स्थगन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ माघ २०७७, आईतवार १९:०३
738
Shares
विराटनगर / प्रदेश १ को प्रदेश सभाको हिउँदे तथा सातौँ अधिवेशन सदनमा कुनै प्रक्रिया अघि नबढी स्थगन भएको छ ।

आज अपरान्ह २ बजे बैठक बस्ने भनिएपनि यस अघि संसदीय कार्य परामर्श समितिको बैठकमा सदन चलाउन सहमतिको प्रयास खोज्दा पनि सहमति जुट्न नसकेपछि बैठक स्थगन गरेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

सदन ३ः५६ मिटनमा प्रारम्भ हुँदा सत्तापक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संसदीय क्रियाकलाप विपरित काम गर्ने १६ जना सांसदहरुले संसदको कुनै पनि गतिविधिमा भाग लिन नपाउने बैठकको प्रारम्भमै उभिएर प्रस्ताव गरेपछि सभामुख भण्डारीले तत्काल आजको बैठक अन्त्य गरी फागनु ९ गते अपरान्ह २ बजे बस्ने घोषणा गरे ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का बहुमतको सरकारमा ३७ जना सांसदले सरकारप्रति अविश्वासको प्रस्ताव दर्ता गराएको थियो भने ती मध्ये पाँच जना सांसदहरुले सो प्रस्तावबाट आफ्ना नाम फिर्ता लिएका छन् भने सत्ता पक्षले १६ जना सांसदलाई सरकार विरुद्ध क्रियाकलाप गरेको आरोपमा निलम्वन गरेको छ ।

प्रमुख सचेतक राजभण्डारीले सदनमा आएको गतिरोधलाई अन्त्य गर्न र सदनलाई सुचारु बनाउन अब अन्य राजनीतिक दलहरुसँग छलफल एवं परामर्श गर्ने जानकारी दिए भने प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले संसदीय अभ्यासमा पहिलो पटक सत्तापक्षबाट नै संदन सञ्चालनमा अवरोध सिर्जना भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर