खबर पूर्वाञ्चल
आज मोरङको बीपी सेवा केन्द्रमा आयोजित कार्यकर्ता भेलालाई संबोधन गर्दै नेत्री कोइरालाले सो कुरा बताएका हुन् । कांग्रेसको नेतृत्वमा संविधान आएको र यसको संरक्षण पनि कांग्रेसलेनै गर्ने नेत्री कोइरालाले बताइन् । यसका लागि कांग्रेसले जुनसुकै मूल्य चुकाउन तयार रहेको बताइन् ।
नेत्री कोइरालाले अब कांग्रेसको नेतृत्वमा निर्णायक आन्दोलन गर्नु पर्ने समय आएको समेत बताइन् । केपी ओलीको सरकारले गरेको संसद भंगको विषय अदालतमा विचाराधिन रहेको र अदालतको निर्णय जनताका पक्षमा आउने बिस्वास व्यक्त गरिन् । अवको समयनै कांग्रेसको भएको भन्दै कोइरालाले संगठन विस्तार र जनताको घरदैलोमा जान अगुवा नेतृत्व र कार्यकताहरूलाई आग्रह गरिन् ।