खबर पूर्वाञ्चल
खोला ठेक्का लिदा ठेक्दारले ‘दादा भत्ता’ नदिएको आरोपमा मोरङको मिक्लाजुङ गाउँपालिका घर भएका दिपेश मगर, जोसन श्रेष्ठलगायतका एक दर्जन बढी युवाको समूहले बीएनडी कन्ट्रक्सनको नाममा रहेको प्रदेश १–०२००२ च ४१९७ नम्बरको सेतो स्कारपियो गाडी शुक्रबार राती तोडफोड तोडफोड गरेका हुन् ।
कन्ट्रक्सनका सञ्चालक भुपाल श्रेष्ठले मगर र श्रेष्ठलगायतका एक दर्जन बढी युवाको समूहले प्रदेश १–०२००२ च ४१९७ नम्बरको सेतो स्कारपियो गाडी तोडफोड गरेको किटानी जाहेरी परेको इलाका प्रहरी कार्यालय उर्लाबारी प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेले जानकारी दिए ।
श्रेष्ठ र मगरको समूहले बीएनडी कन्ट्रक्सनका सञ्चालक भुपाल श्रेष्ठसँग खोला ठेक्का पाएपछि पैसाँ माग्दै आएका थिए । उक्त कम्पनीले मिक्लाजुङको गाउँपालिकाको बोक्रा, मिक्लु, सोल्टी, तेलीलगायतका आधा दर्जन बढी खोलाहरू करिब साढे ९ करोड रुपैयाँमा ठेक्का पाएको थियो । ‘गाउँपालिकाबाट ठेक्का पाएर काम सुरू भएपछि स्थानिय केही युवाहरूको समूहले काममा अवरोध सृजना खोज्दै आएका थिए,’ बीएनडी कन्ट्रक्सनका सञ्चालक श्रेष्ठले भने, ‘रातीको समयमा पार्किङ्ग गरि राखिएको गाडी र काम गर्ने केटाहरू माथि हातपात भयो ।’ मदिरा सेवन गरि आक्रमण गरेको बुझिएको छ ।
तोडफोडमा संलग्नहरू फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय मधुमल्लाबाट प्रहरी परिचालन गरिए ।