AArya
RUMPUM
animated ellipse animated ellipse

लोकतन्त्रमा जनताको जनमतको कदरका लागि चुनाव नै उत्तम विकल्प हो–नेता बस्नेत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ माघ २०७७, बिहीबार १९:३०
315
Shares
विराटनगर / प्रचण्ड–नेपाल समूहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले माउसुलीको चुडिएको पुच्छरको संज्ञा दिएका छन् ।

विराटनगरस्थित नेकपाको पार्टी कार्यालय पाञ्चालीमा ओली समूहको युवा संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले प्रचण्ड–नेपाल समूह माउसुलीको चुडिएको पुच्छर भएकाले अब पार्टी एकीकरणको सम्भावना नभएको बताए ।

‘अहिले पनि कतिपय साथीहरु चुँडिएको पुच्छर जोड्न सकिन्छ कि भनेर लागेका छन्,’ बस्नेतले भने, ‘अब पुच्छर जोड्ने अवस्थाबाट हामी अगाडि बढिसक्यौं । माउसुलीले नयाँ पुच्छर जन्माइहाल्छ । छुट्टिएको पुच्छर एकछिन छटपटिन्छ तर एकछिन पछि त्यो पनि सकिन्छ ।’

नेता बस्नेतले निश्चित नेताहरूको महत्वकांक्षा र निजी स्वार्थ पूर्तिका लागि संसद पुर्नस्थापना गर्न दबाब सिर्जना भएको दाबी समेत गरेका छन् । लोकतन्त्रको महत्वपूर्ण पक्ष निर्वाचन भएपनि प्रचण्ड–माधव निर्वाचनबाट भागेको आरोप समेत नेता बस्नेतले लगाए ।

जनताको जनमतलाई अस्वीकार गरेर संसद पुर्नस्थापना गर्न नमिल्ने जिकिर समेत नेता बस्नेतले गरे । अबको नेतृत्व आगामी चुनावले तय गर्ने बताउँदै उनले काङ्गे्रस र जनता समाजवादी पार्टी चुनावका लागि तयार रहेको र आवश्यक तयारीमा जुटेको स्पष्ट पारे । प्रचण्ड र नेपाल पक्ष मात्रै चुनावबाट पन्छिन खोजेको उनको भनाइ छ । नेकपा एमालेको लिगेसी, भावनासँग जोडिएको सूर्य चिन्हको आडमा पुष्पकमल दाहाल प्रचण्डले नेकपामाथि प्रहार गरेको पनि बताए ।

नेता बस्नेतले प्रचण्डलाई सूर्यसँगको माया भन्दापनि सूर्य चिन्ह नभएसम्म जनताले हामीलाई स्विकार्दैनन् भनेर प्रचण्डले स्वीकार गरेको दाबी गरे । नेता बस्नेतले नेकपा अब कुनै पनि हालतमा एकता हुन नसक्ने पनि जिकिर गरे ।
नेता बस्नेतले नेकपाको पार्टी शुद्धीकरणका क्रममा स्प्रे गर्दा साङ्ला र लामखुट्टेको रुपमा रहेका प्रचण्ड–माधव नेपाललगायतका नेताले छोडेर गएको नेता बस्नेतको दाबी छ । उनले नेकपाको पक्षमा अहिले पनि जनमत रहेकाले टुटेर फुटेर जाने प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुको पक्षमा जनमत नरहेको पनि प्रष्ट पारे ।

उनले प्रचण्ड–नेपाल नेताहरुप्रति व्यंग्य गर्दै भने, ‘प्रचण्ड–नेपाल समूहका नेताहरुको जनमत अहिले आलु खोजे जस्तो अवस्था छैन, सिला खोज्नु पर्ने अवस्थामा उनीहरुको जनमत छ, तसर्थ निर्वाचनमा जान प्रचण्ड नेपालहरु डराएर भागेका छन् ।’ उनले लोकतन्त्रमा जनताको जनमतको कदरका लागि चुनाव नै उत्तम विकल्प भएकाले लोकतन्त्र विश्वास भए प्रचण्ड र नेपाल चुनावमा लागेर विजय हासिल गरेर देखाउन चुनौति समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर