खबर पूर्वाञ्चल
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बखरी विराटनगले ३ सय केजी तस्करीको घुँगी आज बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल बिओपी बखरीका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको प्रहरीले विराटनगर – १६ दरैयास्थित नेपाल भारतको सीमा नाकाबाट तस्करीको घुँगी बरामद गरेको हो । भारतदेखि दशगजा हुँदै नेपाल प्रवेश गराउँन खोज्दा प्रहरीले घुँगी बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।