प्रदेश १ मा संक्रिय संक्रमित संख्या २ सय ८६, आज थपिए २३ जना संक्रमित

खबर पूर्वाञ्चल, २६ पुष २०७७, आईतवार १७:०१

विराटनगर / प्रदेश १ मा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ८६ रहेका छन् ।

प्रदेश १ मा आजसम्मम २९ हजार ९ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ भने  ४ सय ६३ जना संक्रमितको मृत्यु र २९ हजार २ सय ४७ जना संक्रमित निको हुँदा संक्रिय संक्रमितको संख्या २ सय ८६ रहेको हो ।

आज प्रदेश १ मा २३ जना संक्रमित थपिएका छन् । मोरङमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ३ र बराहक्षेत्रमा १, झापाको गौरादह र कनकाईमा १–१, भोजपुरको स्थानीय तह नखुलेको १, उदयपुरको त्रियुगामा १, संखुवासभाको सभापोखरीमा १, ते¥हथुमको स्थानीय तह नखुलेको १ र इलामको माई नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३५ जना निको भएका छन् । होमआईसोलेसनबाट ३०, मेची अस्पतालमा २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजमा १–१ जना डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा आज ४ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ९ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५