खबर पूर्वाञ्चल
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरि असंवैधानिक कदलको विरूद्ध काँग्रेसको देशव्यापी विरोध कार्यक्रम अन्तर्गत विराटनगरमा पनि प्रर्दशन गरेको हो ।
प्रर्दशनपछि विराटनगरको हनुमानमन्दिर अगाडी आयोजित कार्यक्रममा उनीहरूले प्रधानमन्त्रीले संविधानमा हुदै नभएको अधिकार प्रयोग गरि विघटन गरेको प्रतिनधि सभा अदालतबाट पुनःस्थापन गर्न जनदबाव सृजना गरिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसको नेता तथा प्रदेश सभा सदस्य केदार कार्कीले संधिवानको नभएको अधिकार प्रयोग गरि ओलीले गैर राजनैतिक चरित्र देखाएको बताए । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति निणर्य असंवैधानिक, लोकतन्त्रविरोधी र व्यवस्थाकै विपक्षमा रहेको बताए ।
विरोध सभामा बोल्दै नेपाली काँग्रेस मोरङका सचिब नागेश कोइराला, क्षेत्रिय सभापति निरञ्जन रिजाललगायलते संसद विघटना गर्ने असंवैधानिक कार्य पुनःस्थापना नभएसम्म सरकारको असंवैधानिक कदमको विरोध कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।