AArya
RUMPUM
animated ellipse animated ellipse

संसदीय दलको नेताको हैसियतले काम नगर्न मुख्यमन्त्री राईलाई उपनेता आङ्बुहाङको निर्देशन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ पुष २०७७, मंगलवार १८:०५
1.17k
Shares
विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ को नेताको हैसियतले कुनै पनि काम नगर्न संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईलाई दलका उपनेता टंक आङ्बुहाङले पत्र पठाएर सचेत गराएका छन् ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरी उपनेता आङ्वुहाङले नेकपाको संसदीय दलको नेताको हैसियतले कुनै पनि काम नगर्न पत्रमार्फत आफूले सचेत गराएको जानकारी दिएका हुन् ।

विधानअनुसार बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको अवस्थामा संसदीय दलको नेताको हैसियतले राईले काम गर्न नपाउने व्यवस्था रहेको आङ्बुहाङको दाबी छ । नेकपाका ३७ सांसदहरूले संसदीय दलको नेता र मुख्य मन्त्रीबाट हटाउन संसदीय दल तथा प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । बहुमत सदस्यले पुस १२ गते नेकपा प्रदेश–१ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउन माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गराइसकेको आङ्बुहाङले जानकारी दिए ।

आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । नेकपाकै प्रचण्ड– माधव समूहका ३७ सांसदले ओली समूहका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्ताव दर्ता भए लगतै मुख्यमन्त्री राई अल्पमतमा छन् ।

सोमबार प्रमुख सचेतक राजभण्डारीले ३७ जना सांसदलाई अविश्वासको प्रस्ताव फिर्ता लिन र २४ घण्टा भित्र स्पष्टीकरण दिन निर्देशनात्मक पत्र पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर