खबर पूर्वाञ्चल
सुनसरीमा ३४, मोरङमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा १८, धरानमा १०, इनरुवा र बराहक्षेत्रमा २–२, रामधुनी र दुहवीमा १–१, मोरङको विराटनगरमा १५, सुन्दरहरैचामा ४, बुढीगंगामा २, मिक्लाजुङ, पथरीशनिश्चरे र बेलबारीमा १–१ , झापाको दमकमा ४, मेचीनगरमा ३, बा¥हदशी र भद्रपुरमा २–२, शिवसताक्षी, कनकाई, बुद्धशान्ति, गौरादह, विर्तामोड र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको फुङलिङमा १३, इलामको सन्दकपुरमा २, इलाम नगरपालिका र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र ते¥हथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ७८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ७२, मेची अस्पतालबाट ४ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ९ सय १६ पुगेको छ ।
प्रदेश १ मा आज ६ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३७ महिला र ६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १ हजार ९ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।