AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट गोल्छाको गुणस्तरहीन ‘पूजा घ्यू’ नष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७७, आईतवार १८:२९
630
Shares
विराटनगर/ गुणस्तरहिन भेटिएको ‘पूजा घ्यू’ नष्ट गरिएको छ । विराटनगर – ९ कलेज रोडस्थित विराट गोल्छा घ्यू प्याकेजिङले उत्पादन गरेको ‘पुजा घ्यू’ गुणस्तरहीन भएको पुष्टि भएपछि आइतबार नष्ट गरिएको हो ।

गुणस्तरहीन तथा मानव स्वास्थ्यका लागी हानिकारक घ्यू बजारमा बिक्रि भईरहेको उपभोक्ताले गुनासो गरेपछि खाद्य प्रविद्यि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले नमूना संकलन गरि गत असोज ३० गते प्रयोगशालामा पठाएको थियो । खाद्यले गरेको परीक्षणमा गुणस्तरहीन भेटिएपछि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए ।

पूजाको लागि प्रयोग हुने उक्त घ्यू खाद्य प्रविद्यि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्तावादी संस्थाले संयुक्त रुपमा बजार अनुगमन क्रममा खुल्ला र प्याकेजिङ भईसकेको घ्यूको नमुना सङ्कलन गरेको थियो ।

संकलित घ्यूको नमुना परिक्षण गर्दा मिसावट भएको पाईएपछि खाद्य प्रविद्यि तथा गुण नियन्त्रण कार्यालय परिसरमा खाडल खनी करिब दुई सय लिटर घ्यू नष्ट गरेको छ । कार्यालयले सोही स्थानमा ५ सय ग्रामको ४६ वटा, १ केजीको एउटा, ४ सय ग्रामको ३८ वटा र २ सय ग्रामको ११ वटा घ्यूको वट्टा बरामद गरि नष्ट गरेको जनाएको छ ।

रमेश गोल्छाले सञ्चालन गरेको उद्योगले २०६९ सालदेखि विराट गोल्छा घ्यू प्याकेजिङ उद्योग मार्फत घ्यू उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । मानव स्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन घ्यू उत्पादन गरिने उद्योगलाई पनि खाद्य ऐन २०२३ अन्र्तगत कारवाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख रिजालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर