खबर पूर्वाञ्चल
सुजनका आमा रुपमणि चौधरीले घटनाको निष्पक्ष छानविन गरि छोराको हत्यामा संलग्नहरूको पहिचान गरि हदैसम्मको कारवाहीको माग राखेकी हुन् ।
मंसिर १० गते साँझदेखि हराएको सुजनको हत्या गरेको अवस्थामा मंसिर १५ गते घरदेखि पाँच सय मिटर दक्षिणमा शवे भेटिएको थियो । सुमनले सामान्य रिसइवीका कारणले आवेगमा आएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलको छ । केही दिन अगाडी लागेको मेला र सार्वजनिक ठाउँमा चौधरीले अपशब्द प्रयोग गर्दै बेइज्जत गरिदिएको कारणले त्यसको रिस फेर्न हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेका सुमनलाई इलाका प्रहरी कार्यालय दुहबीले सुनसरी अदालतमा सोमबार कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अहिले अनुसन्धान गर्दै आएको छ ।
नेपाल टेलिकम क्षेत्रिय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्र नारायण चौधरीका छोरा सुजन घर नआएपछि हुलियासहित खोजिगरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मंसिर ११ गते उजुरी दिएका थिए । उजुरी दिएको चार दिनपछि सुजनको शव मृत अवस्थमा भेटिएको हो । मृतक चौधरी र हत्या आरोपमा पक्राउ परेका झा छिमेकी साथी हुन् । केही दिन अगाडी लागेको मेला र सार्वजनिक स्थालमा झाले लगाएको पहिरनलाई लिएर चौधरीले गालीगोलौज गरेपछि त्यसको रिस फेर्न हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।