animated ellipse animated ellipse

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ७९ पुग्यो, थपिए आज २ सय २० संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०७७, शुक्रबार १७:३४
432
Shares
विराटनगर/ प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ७९ पुगेको छ ।
आज २ सय २० जना संक्रमित थपिएसँगै प्रदेश १ मा संक्रमितको संख्या २६ हजार ६ सय ७९ पुगेको हो ।

झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बा¥हदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २–२, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४४, सुन्दरहरैचामा ८, पथरीशनिश्चरे र बेलबारीमा ५–५, उर्लाबारीमा ४, रतुवामाईमा ३, मिक्लाजुङमा २, कटहरीमा १, सुनसरीको धरानमा १३, इटहरीमा ८, इनरुवा र बराहक्षेत्रमा ६–६, रामधुनी र दुहवीमा १–१ जनामा संक्रमण देखिएको छ ।

उता संखुवासभाको खाँदबारीमा ८, सभापोखरी र स्थानीयतह नखुलेका १–१, इलामको सुर्योदय र माईजोगमाईमा २–२, चुलाचुली र मांसेबुङमा १–१, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको रौतामाईमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ सय ८८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ७८, विराट मेडिकल कलेजबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ६ सय ७९ पुगेको छ ।

प्रदेश १ मा आज ९ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८९ महिला र १ सय ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर