AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना संक्रमणबाट विराटनगरमा चार संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० मंसिर २०७७, बुधबार १५:३४
1.41k
Shares
विराटनगर / वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण विराटनगरमा चार संक्रमितको मृत्यु भएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरमा तीन र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको हो ।

धनकुटा नगरपालिका–४ धनकुटाका ८२ वर्षीय वृद्धको आज बिहान नोबेल मेडिकल कलेज मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको नवेलका जन सम्पर्क अधिकारी नारायण दाहालका जानकारी दिए ।

त्यस्तै सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पु?षकोे राति ११ः४० बजेतिर ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो नोवेल अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो ।

सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि राति ९ः१५ बजे मृत्यु भएको छ । दाहालका अनुसार महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा धनपालथान गाउँपालिका–६ की ७० वर्षीय वृद्धाको मृत्यु भएको छ । कात्तिक ६ गते अस्पताल भर्ना भएकी महिलाको आज बिहान करिब ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर